काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइलको चोरी पैठारीले गर्दा राज्यलाई नकारात्मक असर परेको बताए ।
मोवाइल फोन आयातकर्ता संघ र मोवाइल बिक्रेता संघले आइतबार राजधानीमा गरेको मोबाइल म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यन्वयन सम्बन्धि अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा बोल्दै उनले एमडीएमएसले ग्राहकहरुको सुरक्षा र सहजीकरणको लागि ल्याएको बताएका छन् ।
उनले सीमा नाकाबाट मोवाइलको कालोबजारी हुने र दर्ता नगरी चलाउने गरेको बताउँदै खनालले त्यसलाई रोक्न सरकारले बजेटमार्फत आगामी असारबाट दर्ता नगरको मोवाइल फोनहरु नचल्ने घोषणा गरिसकेको बताए ।
उनले एमडिएमएस लागु भएपछि चोरीका फोनहरु तुरुन्त ब्लक गर्न सकिने भएकोले चोरीका घटना नघट्ने बताए । उनले स्तरीकरण भएका सेटहरू मात्र प्रयोगमा आउनुपर्ने उनको भनाइ थियो ।
उनले यसरी भित्रिने फोनहरु मध्य केही चोरीका, केही रिफर्बिस पर्ने तर उपभोक्ताले वैधानिक र अवैधानिक छुटाउन नसक्दा त्यस्ता फोनहरुको पनि वैधानिक सरह मूल्य तिर्नुपर्दा उपभोक्ता ठगिएको बताए ।
कार्यक्रममा बोल्दै राजश्व विभागका निर्देशक विनोद लामिछानेले एमडिएमएस प्रणालीले अपराध नियन्त्रण हुनुका साथै राजस्व बढाउन सहयोग पुग्ने बताए ।
यसले कम गुणस्तरका मोबाइलको बिक्री रोक्नका लागि यसले प्रभावकारी भूमिका खेलेको लामिछानेले बताए । एमडिएमएस निश्चित घरानालाई नभई समग्र व्यापारी र उपभोक्तालाई समेत फाइदा पुग्ने बताए । यस प्रणालीले कालोबजारीलाई रोक्ने पनि उनको भनाइ थियो ।
एमडिएमएस दर्ता नभएको मोबाइल फोनका कारण अपराधिक घटना बढेको, राजश्व छली बहेको र सामाजिक अपराध लगायात्र चोरीको घटना बढेको नेपाल प्रहरी परिषदका प्रबक्ता दानबहादुर कार्कीले बताए ।
उनले सिमलाई चाउचाउ सरी बेच्ने गरेको समेत बताए । कर छल्नु पनि भनेको अपराध भएको उनले बताए । अपराध र चोरीका घटनालाई एमडिएमएस दर्ता अनिवार्य हुनुपर्ने बताए ।
सरकारले मोवाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित तथा थप व्यवस्थित गर्ने एवं चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ व्लकिङ गर्न जेठ १ गतेदेखि लागु हुने गरी एमडिएमएस कार्यन्वयनमा ल्याएको हो ।
नेपालमा मात्र वार्षिक पचास अर्ब रुपैयाँ बराबरको बैधानिक रूपमा कर तिरेर मोवाईल फोन आयात हुने गरेको छ । मोबाइल फोनको कारोवारबाट मात्र सरकारले विभिन्न शीर्षकमा आठ अर्ब भन्दा बढी राजस्व संकलन गर्दै आएको छ । मोबाइल फोनको व्यवसायबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा पचास हजार बढी रोजगारी प्राप्त गर्दै आएका छन् ।
एमडिएमएस लागू भएपछि फोनको मूल्य वृद्धि हुन्छ भन्नु भ्रम भएको संघले स्पष्ट पारेको छ ।
अर्थ सन्जाल