तेस्रो ओभरमा नेपालले गुमायो तीन विकेट, कुशल, आशिफ र लोकेश आउट

ओपनर आशिफ शेख र लोकेश बम शुन्यमा आउट हुँदा कुशल भुर्तेलले ७ रन जोडे । ओपनर आशिफ शेख पहिलो ओभरमै शून्य रनमा आउट भए। लगत्तै आएका लोकेश बम डक आउट भए ।

पहिलो ओभरको चौथो बलमा जुनाइद सिद्धिकीको बलमा शेख एलबी डब्लु धरापमा परे। लगत्तै बलमा मोहम्मद वासिमले बमलाई क्याच आउट गराएका थिए ।

आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो ।

यो खेलको विजेता आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *