नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ४ कम्पनीको गरि कुल ३ करोड ९० लाख ७५ हजार ४ सय ४६ दशमलव ७९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आज प्रभु बैंकको १ करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता बोनस शेयर , ग्लोबल आईएमई बैंकको २ करोड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ प्रतिशत बोनस शेयर , बुटवल पावरको २९ लाख ४९ हजार ६ सय ६३ कित्ता बोनस शेयर र फर्स्ट माइक्रोफाइनान्सको८ लाख ७६ हजार ८ सय १२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।