नेपाल स्टक एक्सचेञ्जमा साताको कारोबारको तेस्रो दिन आज सोमबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १७.४२ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ९३ विन्दुमा पुगेको हो । सोमबार नेप्से २५.२१ अंकले बढेर दुई हजार सात सय १८ दशमलब ३१ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज कारोबार रकममा सामान्य वृद्धि भएको छ । आज ३ अर्ब २१ करोड २८ लाख बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ९९ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।