अर्थ सन्जाल
१८ मंसिर २०८०, सोमबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ मंसिर २०८०, सोमबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री

  • अर्थ सन्जाल
  • २५ जेष्ठ २०८०, बिहीबार ११:३८


काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भने– ‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ । त्यसकारण बोर्डको जिम्मेवारी र दायित्व बढेको छ । ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु यसको दायित्व र जिम्मेवारी हो । यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ । यसलाई अझ उचाइँमा पुर्याउने छ ।’

धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउँदै डा. महतले सेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नकालागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता बनाए ।

No description available.

‘आगामी आर्थिक वर्षको आय व्याय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आम लगानीकर्ताहरुलाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो –उनले भने।

‘सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्याउने माध्यमका रुपमा धितोपत्र बोर्ड माध्यम बन्नु हुँदैन’, मन्त्री डा. महतले भने – ‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन् उनीहरुको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको हो ।’

‘शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ । धितोपत्र बोर्डलाई अटोमेटेट सिस्टम लैजाने, हरेक क्रियाकलापलाई कागज रहित बनाएर लैजाने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सर्तकता धितापत्र बोर्डले अपनाउने छ’, मन्त्री डा. महतले भने ।

No description available.

‘सेयर बजारलाई स्वस्थ्य र लगानीकर्ताको लगानी सुरक्षित गर्नका लागि राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । अर्थ मन्त्रालयबाट कहिँकतै दुविधा नरहोस्, कसैले भ्रम सिर्जना गर्ने प्रयास नगरुन् । सेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन, तर सीमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने, नाम चाहिँ ५६ लाख लगानीकर्ताको लिने परम्पराको अन्त्य हुनुपर्छ’, मन्त्री डा. महतको भनाइ थियो ।

सूचना प्रविधिको भरपूर उपयोग गर्न अर्थमन्त्री डा. महतले सुझाउनु भएको छ । उहाँले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।

Artha Sanjal
मिती : २५ जेष्ठ २०८०, बिहीबार ११:३८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

ताजा समाचार

  1. मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन
  2. नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक
  3. नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय
  4. घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च
  5. ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता
  6. चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई
  7. रुसी सरकारलाई रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन नेपालले पठायाे पत्र

विजनेश फोकस

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न,चुक्त...

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज...

एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.