युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न : कसरी हेर्ने नतिजा ?

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बिहीबार बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड गरिएको हो। बिहान ९ बजे एफपीओ बाँडफाँड कार्यक्रम राखिएको थियो।

युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको थियो।

यो एफपीओमा १३ लाख ५७ हजार १८० आवेदकबाट कुल १ करोड ५४ लाख २७ हजार ५३० कित्ता सेयर माग भएको थियो। जसमा १३ लाख ५५ हजार ६८७ आवेदकबाट परेको १ करोड ५४ लाख १० हजार १६० कित्ता सदर भएको छ भने १ हजार ४९३ आवेदकबाट परेको १७ हजार ३७० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ३७ हजार ९४२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।

यो एफपीओमा सदरमध्ये १३ लाख १७ हजार ७४५ आवेदकको हात खाली भएको छ।

कसरी हेर्ने नतिजा ?

युनिक नेपाल लघुवित्तको एफपीओकाे नतिजा निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडकाे वेबसाइट https://uniquenepalmicrofinance.com.np/ ,  वेबसाइट  https://muktinathcapital.com/  , सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *