लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ

काठमाडौँ । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने भएको छ। जसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज बुटवल जाने कार्यक्रम छ ।

आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटनका लागि प्रचण्ड आज बिहान १० बजे बुटवल जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गत जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो ।

लुम्बिनी केबलकारको निर्माणसंगै पाल्पाको बसन्तपुर कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको संचालकहरुको भनाई छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *