काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बोर्डले यो कम्पनीलाई १:०.५ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको छ। बोर्डको अनुमतिसँगै अब नेसनल हाइड्रोपावरले चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ४५ हजार ९७२ रुपैयाँबराबरको हकप्रद निष्काशन गर्नेछ । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७२ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
यसैबीच आज बिहान बसेको नेसनल हाइड्रोपावरको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिसकेको छ।
यो कम्पनीले हकप्रद सेयर जारी गर्न आउँदो असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।






