झिनो अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयर बजारमा सामान्य झिनो अंकले बढेको छ।

यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक  ४.६८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३२.३३ को विन्दुमा पुगेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३८ अंकले बढेर ३६५.४७ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटा समूहमा रातो पोतिएको छ । नेप्सेमा सूचीकृतमध्ये २६१ कम्पनीका ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन व्यापार समूह सर्वाधिक ४.९७ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह १.२२ प्रतिशतले बढ्दा विकास बैंक समूहमा १.१४ प्रतिशत, वित्त समूहमा ०.०४ प्रतिशत, जलविद्युत समूहमा ०.४६ प्रतिशत, लगानी समूहमा ०.७७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५६ प्रतिशत र अन्य समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ।

आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.६२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.४६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२३ प्रतिशत, जीवन बीमा समूहमा ०.०४ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.१३ प्रतिशतको गिरावट आएको छ।

आज सोल्टी होटेलको सर्वाधिक १० करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

शिवम सिमेन्ट, नागरिक लगानी कोष, नेपाल टेलिकम, आइजीआई प्रिडेन्सियल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, नेसनल हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटेल, सानिमा माई हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *