यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार घटेको बजार आज १.३५ प्रतिशतले बढेको हो ।

यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक २५.६६ प्रतिशतले बढेर १९२७.६५ बिन्दुमा कारोबार रोकिएको हो ।

कारोबार अवधिभर २६९ कम्पनीको ५५ लाख ४१हज्र ८७८ कित्ता खरिदबिक्री भयो । यो दिन १ अर्ब ९८ करोड १० लाख १२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

सोल्टी होटेलको सर्वाधिक ९ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

शिवम सिमेन्ट, अपर तामाकोशी, नेपाल टेलिकम, आईजीआई प्रिडेन्सियल इन्स्योरेन्स, चिलिमे जलविद्युत, सानिमा माई हाइड्रोपावर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, कुमारी बैंक, फर्स्ट माइक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *