काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (मंगलबार) कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
कालिका पावर कम्पनीको १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
कालिका पावरले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
Artha Sanjal






