


काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार घटेको बजार आज १.३५ प्रतिशतले बढेको हो ।
यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक २५.६६ प्रतिशतले बढेर १९२७.६५ बिन्दुमा कारोबार रोकिएको हो ।
कारोबार अवधिभर २६९ कम्पनीको ५५ लाख ४१हज्र ८७८ कित्ता खरिदबिक्री भयो । यो दिन १ अर्ब ९८ करोड १० लाख १२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कम्पनीमध्ये १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज कुल १३ वटै उपसूचकमा हरियाली छाएको छ ।
यस दिन न्यादी हाइड्रोपावरको सेयार्मुल्या सर्वाधिक ९.८५ प्रतिशतले बढेको छ । त्यसैगरी, सनराइज इक्वीटी फण्ड, सोल्टी होटेल, प्रभु इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लगायत कम्पनीको सेयरमूल्य बढेको छ ।
यता, मनकामना स्मार्ट लघुवित्त विओत्तीय संस्था, गोर्खाज फाइनान्स सपोर्ट माइक्रोफाइनान्स लगायत कम्पनीको सेयर मूल्य भने घटेको छ ।
कारोबार रकमको आधारमा भने सोल्टी होटल अगाडि छ । कम्पनीले ९ करोड ६८ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

अर्थ सन्जाल