अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले इमान्दार भएर बजेट निर्माण गरेको दाबी गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिँदै भने, ‘म सबैलाई स्पष्ट गर्न चाहन्छु, इमान्दारितामा मेरो एक इन्च, एक रौं पनि हल्लिएको छैन । जसको निजी स्वार्थ छ उनीहरु पछि लाग्या छन् । यो बाहेक अरु केही कुरै छैन ।’
धेरे इमान्दार हुँदा आफूमाथि प्रश्न उठेको मन्त्री महतको गुनासो छ । ‘इमान्दार भएर काम गर्न कठिन रहेछ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ । वास्तविकता यति पारदर्शी ढंगबाट कुनै कसैको प्रभावबाट मुक्त भएर काम गरेको छु’, उनले भने ।
Artha Sanjal
अर्थ सन्जाल