काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयहरुको सूची सार्वजनिक गर्दै अनुमति रद्द गर्ने चेतावनी दिएको छ ।
पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो ।
महानगरपालिकाले पहिलो पटक यही जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो । तर, ३४२ विद्यालयले तोकिएको समयभित्र विवरण पेस नगरेकोले महानगरपालिकाले पुनस् सूचना जारी गर्दै यही जेठ २८ गतेभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।

Artha Sanjal






