अन्तिम दिनसम्म रावा इनर्जीको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशनको अन्तिम दिन (जेठ २२ गते) सम्म करिब २० गुणा बढी आवेदन परेको छ । कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा अन्तिम दिनसम्म १९.८२ गुणा बढी आवेदन परेको हो ।

सीडीएससीका अनुसार कम्पनीको आईपीओमा ११ लाख ६५ हजार ५२६ आवेदकबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता सेयर माग भएको छ ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो । कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ। यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो।

कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको थियो । यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

रावा इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *