


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिमूलक नदेखिएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले भारतबाट १५ वटा राँगा ल्याउनबाहेक अरु महत्वपूर्ण काम गर्न नसकेको बताए ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्री जीले भारतबाट १५ वटा राँगा चाहिँ ल्याउनु भाकै हो । अरु कुरा प्रमाणीत हुनु पर्यो नि !’
निवर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नहुनुको पछाडि सरकार र तत्कालनी सत्ता गठबन्धन नै दोषी रहेको ओलीको आरोप छ । ‘किन टेर्ने राष्ट्रपति भनेर लाग्नुभएको होइन ? हामीसँग बहुमत छ भनेर जस्ताकोत्यस्तै लानुभएको होइन ?’, उनले भने, ‘हामीले छलफलमा ल्याउँ, विचार विमर्श गरौं भनेका थियौं । सत्ता गठबन्धनले राष्ट्रपतिलाई अपमान गर्नुभयो । त्यो चाहिँ संवैधानिक भयो ?’
प्रधानमन्त्री प्रचण्डले पूर्व राष्टतमाथि हमला गर्ने उद्देश्यले संसदमा बोलेको पनि बताए । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिइसकेको अवस्थामा पछि छलफल गरौं भन्नुपर्नेमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीमाथि हमला गर्न तर्क गर्न थालेको बताए ।

अर्थ सन्जाल