सेयर बजारमा दोहोरो अंकले गिरावट, सबै उपसूचक राताम्य

काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ को विन्दुमा झरेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८८ अंकले घटेर ३६२.२२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम करिब २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७७ कम्पनीका ५६ लाख २० हजार ३८१ कित्ता सेयर १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँमा किनबेच भएका छन्।

त्यसैगरी,उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.४६ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.६७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा १.४५ प्रतिशत, वित्त समूहमा १.१० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८० प्रतिशत, जलविद्युत समूहमा ०.४८ प्रतिशत, लगानी समूहमा ०.८१ प्रतिशत, जीवन बीमा समूहमा १.२७ प्रतिशत, लघुवित्त समूहमा ०.५३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६१ प्रतिशत र अन्य समूहमा १.५१ प्रतिशतको गिरावट आएको छ।

आज शिवम सिमेन्टको सर्वाधिक १९ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, सोल्टी होटेल, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *