काठमाडौं । भारतको ओडिशा राज्यमा भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसीले जनाएको छ ।
हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि रेल दुर्घटनामा परेको हो । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।
ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन् । आफैं दुर्घटनास्थलमा पुगेका भारतका रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।




