लुटेरा समूहले बैंकमा गोली चलाए, सुरक्षागार्ड घाइते

लुटेराको एक समूहले मोरङको धनपालथान गाउँपालिका कर्सियामा बैंक लुट्ने प्रयास स्वरुप गोली चलाएको छ । कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा भारतीय लुटेरा समूहले गोली चलाएको हो ।

सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको थियो । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *