

काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान सञ्चालन हुने भएको छ । आगामी आर्थिक वर्षमा नेपालको पर्यटन व्यवसाय प्रवर्द्धन गर्न सरकारले उक्त नारासहित पर्यटन प्रवर्द्धन गर्ने भएको हो ।
यस्तै, हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पर्यटन पदमार्ग सञ्चालनमा ल्याइने, पशुपति विकास क्षेत्र कोषमा हिन्दु पर्यटन र लुम्बिनीमा बुद्ध धर्ममा आधारित पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने सरकारको घोषणा छ ।
हिमाली क्षेत्रमा रहेका महत्त्वपूर्ण गुम्बाको संरक्षण गर्ने, भूकम्पबाट क्षति पुगेका दरबारहरूको पुनः निर्माण सम्पन्न गर्ने समेत योजना बजेटमा अटाएका छन् ।
Artha Sanjal

अर्थ सन्जाल