काठमाडौं। सरकारले बजेट निर्माणको सम्पूर्ण काम पूरा गरेको छ । आज अपराह्न सवा ४ बजेपछि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने कार्यक्रम तय भएको छ। वृद्ध भत्ता र कर्मचारीको तलब नबढाउने गरी बजेट निर्माणको काम सकेको अर्थमन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् ।
हरेक जसो बजेटको आकार वृद्धि हुने गरेकोमा यस वर्ष स्रोतको संकुचनका कारण अर्थमन्त्रालयकै कर्मचारीहरुको सिफारिसमा कर्मचारी तलब वृद्धि नगर्ने र वृद्ध भत्ता नदिने निर्णय भएको हो । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट चालु आवको भन्दा सानो आकारको हुने भएको छ।
चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, भने आगामी आवका लागि १७ खर्ब रुपैयाँको हाराहारीमा बजेट तयार भएको ति कर्मचारीको भनाइ छ ।
Artha Sanjal
अर्थ सन्जाल