


काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ हजार ८७१ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो । यसमा कम्पनीका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
सेयर खरीद गर्न ईच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरीद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीले तोकेको उक्त समयभित्र कुनै पनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरीद गर्न सक्ने कम्पनीले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल