


काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाका १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal

अर्थ सन्जाल