गणतन्त्र दिवसका दिन पनि कृषि विकास बैंकका यी शाखाहरु खुल्ने

गणतन्त्र दिवसका दिन पनि कृषि विकास बैंकका केहि शाखाहरु खुल्ला गर्ने भएको छ । भोलि जेठ १५ अर्थात् सोमबार सार्वजनिक विदाका दिन पनि बैंकका केहि शाखाहरु खुल्ला राख्ने भएको हो।

गणतन्त्र दिवसका दिन काठमाडौं रामशाहपथमा रहेको मूख्य कार्यालय, विराटनगरको प्रदेश कार्यालय अन्तर्गतको विराटनगर, इटहरी, धरान, गाईघाट र बिर्तामोड र जनकपुरस्थित मधेश प्रदेश कार्यालयको शिवचोक, बर्दिवास र लाहानको शाखा खुल्नेछ ।

त्यसैगरी, बिरंगजको कलैया, बैकिंग विरगंज, गौर, मलगंवा तथा विरेन्द्रनगरको कान्तिराजपथ हेटौंडा, नारायणगढ र काठमाडौंको चाबाहिल, सल्लाघारी, मंगलबजार र बनेपा शाखा खुल्ला राख्ने भएको हो।

त्यसैगरी, गण्डकी प्रदेश कार्यालय अन्तर्गत मूख्य शाखा पोखरा, स्यांगजा, दमौली र वाग्लुङ तथा लुम्बिनी प्रदेश कार्यालयको बुटवल, रामपुर र भैरहवा शाखा खुल्ने भएको छ । दांगमा त्रिभुवनचोक, गुलरिया र घोराही बैकिंग तथा सुर्खेत र जुम्ला पनि संचालन गरिने भएको छ । यस्तै, धनगढीको क्याम्पसरोड, महेन्द्रनगर, डडलेधुरा र सिलगढी खाशा पनि खुल्ला राख्ने भएको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *