काठमाडौं । नेपाल टेलिकमलाई उछिन्दै नेपाल विद्युत् प्राधिकरण सबैभन्दा बढी नाफा आर्जन गर्ने सार्वजनिक संस्थान बनेको छ । उच्च नाफा आर्जन गर्ने ५ सार्वजनिक संस्थानमध्ये नेपाल विद्युत् प्राधिकरण पहिलो बनेको हो ।
प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को अवधिमा प्राधिकरणले १३ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
दोस्रो स्थानमा झरेको नेपाल टेलिकम (नेपाल दुरसञ्चार प्राधिकरण) ले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको तथ्यांक अर्थ मन्त्रालयले दिएको छ ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा रहेको छ । बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
चौथो स्थानमा रहेको नागरिक लगानी कोषले ३ अर्ब १० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ, भने पाँचौँ स्थानमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब १ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको मन्त्रालयले जनाएको छ ।
अर्थ सन्जाल