लगातार बढिरहेको सेयर बजार आज दोहोरो अंकले ओरालो गिरावट आएको छ।
आज नेप्सेमा १७.३८ अंकको गिरावट आएको हो । योसँगै नेप्से परिसूचक १९४१.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९० अंकले घटेर ३६९.४२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २७० कम्पनीका ७० लाख ५० हजार ३९ कित्ता २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँबराबरको कारोबार भएको छ।
आज शिवम सिमेन्टको सर्वाधिक २१ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेपाल टेलिकम,सोल्टी होटेल, चिलिमे हाइड्रोपावर, निफ्रा, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, हिमालयन एभरेस्ट इन्स्योरेन्स, अपर तामाकोशी र एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ।
अर्थ सन्जाल