उज्वेकिस्तानलाई हराउदै नेपालले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट गुमाएको नेपालले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमनका साथ खेल जितेको हो । घरेलु टोली नेपालले ८ टोली सहभागी प्रतियोगितामा तेस्रो स्थानमा रहदै प्रतियोगिता सकाएको छ । हारसँगै उज्वेकिस्तानले चौथो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेको छ ।
उपाधिका लागि भारत र काजकिस्तान आजै भिड्ने छन् । उपाधि भिडन्त दिउँसो सवा ४ बजे सुरु हुने छ ।
Artha Sanjal
अर्थ सन्जाल