काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० हजार ७७३ कित्ता संस्थापक सेयर सर्वसाधारणमा विक्री खुला गर्ने भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त सेयर विक्री गर्न लागेको हो ।
उक्त सेयर खरीदका लागि ईच्छकु व्यक्ति तथा संस्थाहरूले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल