काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले शनिबारबाट विद्युत निर्यात सुरु गरेको छ । नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शनिबार १०० मेगावाट विद्युत् भारत निर्यात गरेको हो ।
प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेको र उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जनाकारी दिए । । ‘शनिबार हामीले करिब १ सय मेगावाट जति बिजुली भारत पठाएका हौं,’ उनले भने ‘अब केही दिन प्रसारण लाइनको अवस्था जाँचका लागि निर्यात गर्देनौँ , सोपश्चात बढी भएमा निर्यात गर्ने हो ।’
प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा निर्यात गरेको जानकारी दिए । हिउँद लागेपछि प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो ।