


आज कोसी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोसी र वाग्मती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्यानसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ ।
पहाडी भूभागका केही स्थानहरूमा मेघ-गर्जन/चट्यानसहित हल्का वर्षाको सम्भावना रहेकोले साबधानी अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
Artha Sanjal

अर्थ सन्जाल