काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ। पाँच दिन प्रतिनिधिसभाको बैठकमा छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम आज (शनिबार) बहुमतले पारित गरेको हो।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नका जवाफ प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले दिएपछि पछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यसअघि नीति तथा कार्यक्रममाथि परेका संशाेधन प्रस्ताव केही फिर्ता भएकाे थियाे भने धेरै संशाेधन बहुमतले अस्वीकृत गरेका थियाे ।
राष्ट्रियसभाको बैठकले यसअघि नै पारित गरिसकेको छ।सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल