

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ। जेठ १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही जेठ ३२ गते आयोजना गर्ने निर्णय गरेको हो ।
सभा यही जेठ ३२ गते भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्याले एन्ड क्याटरिङ सर्भिसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया तथा कार्य गर्ने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही जेठ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ यही जेठ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

अर्थ सन्जाल