नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले २ करोड रुपैयाँ लिएको खुलेको छ । उनले प्रतिवादी सानु भण्डारीबाट १ करोड ६० लाख र छोराको खातामा थप ४० लाख पठाउन लगाएर कुल २ करोड रुपैयाँ लिएको खुलेको हो ।
सानु भण्डारी र केशवप्रसाद दुलालले टेकनाथ रिजाललाई आफ्नो घरमा भेट गराउन ल्याएको टोपबहादुरले बयानका क्रममा खुलाएका छन् । यस्तै नेपालीलाई भुटानी शरणार्थी बनाउने योजनाअनुसार सन्देश शर्मा, सानु भण्डारी, केशव प्रसाद दुलालसँग टोपबहादुरले ललितपुरको रेस्टुरेन्टमा मिटिङ गरेको समेत खुलेको छ ।
Artha Sanjal
अर्थ सन्जाल