

भोटे जात्राको दिन पनि कृषि विकास बैक खुल्ने भएको छ । सरकारले सार्वजनिक बिदा दिए पनि कृषि विकास बैंकले भने सेवाग्राहीहरुलाई सेवा दिने गरी भोटे जात्राको दिन पनि कार्यालय खुल्ला राख्ने भएको हो।
भोटे जात्राको दिन रामशाहपथ, जोरपाटी, महाराजगज, साँखु, कलंकी, कीर्तिपुर, लगनखेल, कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, रत्नपार्क, दुधपाटी, गट्ठाघरका कृषि बैंकका शाखाहरु सञ्चालनमै रहने बैंकले जनाएको छ । सरकारले भोटे जात्राको दिन उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको छ ।
Artha Sanjal

अर्थ सन्जाल