नक्कली शरणार्थी प्रकरणका भीआईपी अभियुक्तहरुलाई अदालतले सफाइ दिएको खण्डमा पुनः पक्राउ पर्ने भएका छन् । पूर्व उप्रधानमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, पूर्व गृमन्त्री बालकृष्ण खाँणलगायतका १६ जना अदालतको आदेशमा छुटेपनि फेरि पक्राउ पर्ने खतरा देखिएको छ ।
सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरु छुटीजाने भएमा सम्बिन्धित प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अनुरोध गरिएको छ ।
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा थप अनुसन्धानका लागि लेखि पठाउने निर्णय भएकाले पुनः पक्राउ गरेर प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अभियोगपत्रमा उल्लेख गरिएको छ ।
यस्तै प्रतिवादीहरुको पोसपोर्ट रोक्का राख्न पनि आग्रह गरिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल