

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले उकालो लागेको छ । बजार बढेसँगै कारोबार रकम सवा अर्ब माथि पुगेको छ ।
गत साताको मंगलबारदेखि शेयर कारोबार निरन्तर उकालो लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार आज बजार ८.१० अंकले बढेको हो । ०.४३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८९१.३१ अंकमा उम्लिएको छ ।आज २७२ कम्पनीका ३४ लाख ९५ हजार ७ सय ५२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७ सय २६.३८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी ग्रीनलाइफ हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.३७ प्रतिशतले घाटा व्यहोरेका छन् ।आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ ।
Artha Sanjal

अर्थ सन्जाल