इन्टरनेटको अनुचित मूल्य रोक्न सांसद पौडेलको माग

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेटको मूल्य अनुचित रूपमा बढाउन लागेको भन्दै रोक्न सरकारसँग माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रूपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *