सरकारले विद्युतीय सवारीलाई प्रोत्साहनको नीति लिएकै रण कापेट्रोलियम पदार्थको आयात पनि घटेको छ । यस अघि पेट्रोलियम पदार्थको आयातमा धेरै रकम खर्चिने गरिएपनि यसपटक गत वर्षको यो अवधिमा ६ लाख १६ हजार लिटर पेट्रोलको आयात भएकोमा यस वर्ष ५ लाख ५९ हजार लिटर पेट्रोल आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसारचालू आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार १७.५४ प्रतिशतले घटेको छ । गत वर्षको १० महिनामा १७ खर्ब ७८ अर्बको व्यापार गरेको नेपालले चालू आवको सोही अवधिमा १४ खर्ब ६४ अर्बको वैदेशिक व्यापार गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनासम्ममा १३ खर्ब ३५ अर्ब ३२ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।
गत वर्षको यही अवधिसम्मको तुलनामा आयात १६.७८ प्रतिशतले घटेको छ ।गत वर्ष साउनदेखि वैशाखसम्ममा १६ खर्ब ४ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो । वैशाख महिनामा मात्रै १ खर्ब ३३ अर्ब रूपैयाँको आयात भएको हो । चैतभन्दा वैशाखको आयात कम हो । चैतमा एक खर्ब ४३ अर्ब रूपैयाँको आयात भएको थियो । निर्यातमा गिरावट आएको छ ।१० महिनामा निर्यात पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.४९ प्रतिशतले घटेको छ । गत वर्षको साउनदेखि वैशाखसम्ममा एक खर्ब ७३ अर्ब रूपैयाँको निर्यात भएकोमा यो वर्ष भने एक खर्ब ३० अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ । आयात घट्दा व्यापारघाटा पनि कम भएको छ ।
अर्थ सन्जाल