काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आइतबार ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज सांग्रिला डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको सेयर सूचीकृत भएको हो ।
जसमा सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको २५ लाख ६९ हजार २२०.५४ कित्ता सूचीकृत भएको हो । त्यसैगरी, एनएलजी इन्सुरेन्सको १३ लाख २६ हजार ६१४.३६ कित्ता, इन्फिनिटी लघुवित्तको ८ लाख २९ हजार २६.५६ कित्ता, लक्ष्मी लघुवित्तको ५ लाख ७६ हजार ८१ कित्ता, र सबैको लघुवित्तको ४ लाख ८६ हजार कित्ता बोनस सेयर छन् ।
३२ लाख १७ हजार ७२१.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। सबै कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सूचीकरण गरिएको हो ।
Artha Sanjal
अर्थ सन्जाल