नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ४ कम्पनीका बोनस सेयर सुचिकृत भएको छ । एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।
नेप्सेका अनुसार सबैको लघुवित्त वित्तीय संस्थाको १८ प्रतिशत अर्थात् ४ लाख ८६ हजार कित्ता, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत अर्थात् ८ लाख २९ हजार २६ कित्ता, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत अर्थात् ५ लाख ७६ हजार ८१ कित्ता, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत अर्थात् १३ लाख २६ हजार ६१४ कित्ता बोनस सेयर सूचिकृत भएको छ।
सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।
Artha Sanjal
अर्थ सन्जाल