


काठमाडौं । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आज (शुक्रबार) आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सभामुख देवराज घिमिरले बिहीबारको प्रतिनिधिसभाको बैठकमासो व्यहोराको पत्र पढेर सुनाउँदै आज दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए ।
Artha Sanjal

अर्थ सन्जाल