कामना सेवा विकास बैंकको पोखरास्थित चिप्लेढुङ्गा शाखाका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ ।
उक्त शाखा नजिकैको न्युरोड शाखामा गाभिएसँगै ग्राहकहरुको खाता नम्बर समेंत परिवर्तन भएको बैंकले जनाएको छ ।
यससँगै मोबाइल बैंकिङ्ग, SMS बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, Connectips बैंकिङ्ग लगायतका सेवाहरू उपयोगका लागि प्रयोग भएको साविकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्याधिक भइसकेको बैंकले जनाएको छ ।
साथै, चैक तथा एटिएम कार्ड समेत पुरानै प्रयोग गर्न बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल