काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनको मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।
Artha Sanjal
अर्थ सन्जाल