अर्थ सन्जाल
१७ मंसिर २०८०, आईतवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ मंसिर २०८०, आईतवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

काठमाडौँ महानगरको आयमा ७०.९६ प्रतिशत प्रगति

  • अर्थ सन्जाल
  • ३ जेष्ठ २०८०, बुधबार १६:५४


काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७ सय १८ रुपैयाँ राजस्व संकलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ ।

यस वर्षका लागि १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख रुपैयाँ राजस्व अनुमान गरिएको थियो । संकलित राजस्वमा आन्तरिक आयतर्फ ९०.४५ प्रतिशत, बाँडफाँडबाट प्राप्त हुने रकममा ३३.५० प्रतिशत र अनुदानतर्फ ८६.४५ प्रतिशत प्रगति प्राप्त भएको छ ।

गएको बर्ष यी शीर्षकमा क्रमशः ७९.७० प्रतिशत, २९.६१ प्रतिशत र ५३.०३ प्रतिशत प्रगति प्राप्त भएको थियो । राजस्व अनुमान ९ अर्ब ८ करोड ७० लाख १३ हजार थियो भने संकलित रकम ५ अर्ब ३७ करोड २३ लाख ६ हजार ५ सय ६९ रुपैयाँ थियो । यो लक्ष्यको ५९.१२ प्रतिशत हो ।

महानगरको आन्तरिक आयमा सम्पत्ति बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर, सम्पत्ति कर, भूमि कर/मातपोत कर, सवारी कर (साना सवारी साधन), अन्य व्यक्तिगत आन्तरिक अनुदान (जनसहभागिता/लागत सहभागिता/सामाजिक उत्तरदायित्व अन्तर्गतका काममा जम्मा हुने रकम), घरबहाल कर, वित्तीय निकायबाट प्राप्त हुने ब्याजलगायत शीर्षक छन् ।

यस्तै पर्यटन शुल्क, अन्य बिक्रीबाट प्राप्त रकम, सेवा शुल्क, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, परीक्षा शुल्क, प्रशासनिक सेवा शुल्क, पार्किङ्क शुल्क, नक्सा पास दस्तुर, सिफारिस शुल्क, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, प्रशासनिक दण्ड जरिवाना र जफत, धरौटी सदरस्याहा, बेरुजुलगायत शीर्षक छन् ।

यी शीर्षकहरुमध्ये सबैभन्दा धेरै प्रगति पर्यटन शुल्कमा भएको छ । यसमा ७ करोड रुपैयाँ अनुमान गरिएकोमा ८ करोड ७१ लाख ८७ हजार ५० रुपैयाँ आय भएको छ । यो लक्ष्यको १२४.५५ प्रतिशत हो । यस्तै पार्किङ्क शुल्कमा १२४.०४, नक्सापास दस्तुरमा ११२.१८ प्रतिशत, सम्पत्ति बहाल तथा पट्टा वापतको आयमा १११.२८ प्रतिशत आय भएको छ ।

बाँडफाँडबाट प्राप्त हुने आम्दानीको सबैभन्दा धेरै आय अपेक्षा गरिएको शीर्षक घरजग्गा रजिष्ट्रेसन दस्तुर हो । यो शीर्षकमा २२ प्रतिशत मात्र प्रगति भएको छ । यो शीर्षकबाट चालु आर्थिक बर्षमा २ अर्व ५० करोड रुपैयाँ लक्ष्य राखिएको थियो । राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार घरजग्गाको कारोवार कमजोर भएपछि यसको असर राजस्वमा पनि परेको छ ।

सवारी साधन कर (साना), वित्तिय निकायबाट प्राप्त हुने व्याज र परीक्षा शुल्कमा शून्य प्रतिशत प्रगति छ । यस्तै बाँडफाँड भइ प्राप्त हुने अन्त शुल्कमा पनि शून्य प्रतिशत प्रगति छ ।

यी शीर्षकमा शून्य प्रगति हुनुको कारणका बारेमा विभागका प्रमुख काफ्ले भन्छन्- ‘रिक्सा ठेला साना सवारी साधन शीर्षकमा पर्छन् । यिनीहरु असारमा नविकरण हुन आउने भएकोले अहिले आम्दानी नदेखिएको हो । बैङ्कमा जम्मा भएको रकमको ब्याज बैङ्कबाट खातामा जम्मा भएको छैन । यसकारण प्रगति नदेखिएको हो । परीक्षा दस्तुर शिक्षा क्षेत्रको आयमा राखिएकोले परीक्षा शुल्कमा प्रगति देखिएन ।’

राजस्व बाँडफाँडअन्तर्गत सरकारले मूल्य अभिवृद्धि कर र अन्त शुल्कको शुल्क एउटै अङ्क पठाउने गरेको छ । छुट्याएर नपठाएकोले मूल्य अभिवृद्धि करअन्तर्गत कति प्राप्त भयो, अन्तशुल्क वापत कति प्राप्त भयो, भन्न सकिएन । प्राप्त रकम मूल्य अभिवृद्धि करको शीर्षकमा जम्मा भएकोले अन्त शुल्कमा प्रगति शून्य देखिएको हो ।

बाँडफाँडबाट आय प्राप्त हुने शीर्षकहरुमा, घरजग्गा रजिष्ट्रेसन दस्तुर, सवारी साधन कर, मनोरञ्जन कर, बिज्ञापन कर छन् । आन्तरिक अनुदानमा समानीकरण, सशर्त अनुदान चालु सशर्त अनुदान पुँजीगत शीर्षकमा रकम प्राप्त हुन्छ । यी शीर्षकमा क्रमशः ७५ प्रतिशत, ८६.०४ प्रतिशत र ५०८.४५ प्रतिशत प्रगति छ ।

अनुदान पुँजीगतमा २ करोड ४१ लाख रुपैयाँ लक्ष्य राखिएकोमा १२ करोड २५ लाख ३२ हजार ९ सय ९५ रुपैयाँ प्राप्त भएको छ ।

 

Artha Sanjal
मिती : ३ जेष्ठ २०८०, बुधबार १६:५४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई प्राधिकरणको ७ दिने अल्टिमेटम

महोत्तरीमा ३० हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

ताजा समाचार

  1. वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई प्राधिकरणको ७ दिने अल्टिमेटम
  2. महोत्तरीमा ३० हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट
  3. नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)
  4. राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन
  5. फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
  6. डिसहोम फाइबरनेटको वार्षिक योजना अफर सार्वजनिक
  7. जाडोमा हृदयाघातको उच्च जोखिम, यस्तो छ बच्ने उपाय

विजनेश फोकस

डिसहोम फाइबरनेटको वार्षिक योजना अफर सार्वजनिक

बैंकको ब्याजदर धेरै तल आइसकेको छ, दोषारोपण गर्न...

सांग्रिला बचत खाता : उच्चतम ब्याजदरसहित यस्ता छ...

नेप्सेमा थपियो ८ लाख बढी कित्ता सेयर

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.