नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्सको कुल ४९ लाख ९२ हजार ३०८.४३५३ कित्ता सेयर थपिएको छ । जसमा नेपाल बैंकको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता र फरवार्ड माइक्रोफाइनान्सको २१ लाख ११ हजार १२७.४६९ कित्ता छन्।
यी दुवै कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हो। गत आर्थिक वर्षका लागि नेपाल बैंकले २ प्रतिशत र फरवार्ड माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
Artha Sanjal
अर्थ सन्जाल