डिजेलको मूल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडादर घटेको छ । यातायात व्यवस्था विभागका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको हो ।
यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
(सूची हेर्नुहोस्)
Artha Sanjal







