प्राइम कमर्सियल बैंकको साढे ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको साढे ३ लाख बढी कित्ता संस्थापक सेयर आजबाट बिक्री गर्ने भएको छ ।

बैंकको संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता  सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ ।

यो लिलामीमा जेठ १७ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र काठमाण्डौको नक्सालस्थित सानिमा क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *