घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *