अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सरकारलाई १० महिना साढे २ खर्ब नोक्सान, राजस्वभन्दा साधारण खर्च २० अर्ब बढी

  • अर्थ सन्जाल
  • २ जेष्ठ २०८०, मंगलवार ०८:५८


आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारले लक्ष्यको आधा मात्रै राजस्व संकलन गरेको छ । तर, खर्च भने करिब ६० प्रतिशत भइसकेको छ । खर्च र आम्दानीबीच ठूलो खाडल हुँदा सरकारलाई ठूलो बजेट घाटा देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा सरकारले ७ खर्ब ९७ अर्ब ३४ करोड ५८ लाख रुपियाँ आम्दानी गर्दा खर्च भने १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख रुपियाँ गरेको छ । यस अर्थमा सरकारलाई साढे २ खर्ब रुपियाँ खुद घाटामा देखिएको छ ।

महालेखा नियन्त्रकको तथ्यांकअनुसार सरकारको राजस्व संकलनभन्दा चालू खर्च बढी हुँदा साधारण खर्च धान्न नै सरकारलाई कठिन हुने देखिन्छ । विगतदेखि नै पुँजीगत खर्च न्यून रहँदै आएको स्थितिमा चालू आर्थिकमा पनि सरकारलाई राजस्व संकलन न्यून हुँदा विकास खर्च सुस्त देखिएको छ । वैशाख मसान्तसम्म कुल राजस्वभन्दा सरकारको चालू खर्च २० अर्ब रुपियाँ बढी देखिएको छ । सरकारलाई साधारण खर्च धान्न नै गाह्रो भइरहेको अवस्थामा आर्थिक वर्षको अन्त्यसम्म पुँजीगत खर्च वृद्धि गर्न कठिन हुने विज्ञहरूको भनाइ छ । यद्यपि, आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने र निर्माण भएका परियोजनाको भुक्तानी गर्ने बिगतको परम्पराले पुँजीगत खर्च ह्वात्तै बढ्न सक्ने अवस्था हुन सक्छ ।

दुई महिनाको अवधिमा सरकारले विनियोजन बजेटमध्ये ७ खर्ब रुपियाँभन्दा बढी खर्च गर्न सक्छ । तर, स्रोत भने निश्चित छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वैशाख मसान्तसम्म लक्ष्यको ५३ दशमलव ९ प्रतिशत अर्थात् ७ खर्ब ५६ अर्ब २५ करोड ३१ लाख रुपियाँ मात्रै राजस्व संकलन भएको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । जसमध्ये कर आम्दानीबाट १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख, गैरकर आम्दानीबाट १ खर्ब ७७ अर्ब ७ करोड, अनुदानबाट ५५ अर्ब ४५ करोड ८३ लाख रुपियाँ रहेको छ ।

उक्त लक्ष्यमध्ये १० महिनाको अवधिमा कर आम्दानीतर्फ ६ खर्ब ८४ अर्ब ६३ करोड ४६ लाख अर्थात् ५२ दशमलव ८५ प्रतिशत, गैरकर आम्दानीबाट ७१ अर्ब ६१ करोड ८५ लाख अर्थात् ६६ दशमलव ४५ प्रतिशत, अनुदानतर्फ ४ अर्ब ८० लाख रुपियाँ अर्थात् ८ दशमलव ६६ प्रतिशत र अन्यतर्फ ३६ अर्ब २९ करोड ७ लाख रुपियाँ आम्दानी गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट

Artha Sanjal
मिती : २ जेष्ठ २०८०, मंगलवार ०८:५८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

ताजा समाचार

  1. पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
  2. दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा
  3. राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय
  4. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  5. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  6. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  7. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.