अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

इमान्दारिताले विचौलिया अन्त्य गर्छ: कानुनमन्त्री गुरुङ

  • अर्थ सन्जाल
  • १ जेष्ठ २०८०, सोमबार २१:१८


कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा इमान्दारिताले विचौलीयको अन्त्य गर्ने बताएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले संसदीय समितिले दिने निर्देशनलाई भने मन्त्रालयले शिरोधार्य गरी तदारुकताका साथ कार्यान्वयन गर्ने विश्वास दिलाए ।

मन्त्री गुरुङले भने, “समितिका निर्देशन र सुझावलाई अङ्गिकार गरिनेछ, कानुनका विभेद्कारी प्रावधानलाई हटाइनेछ, समाजमा घृणा र हेलाको दृष्टिकोणले हर्ने प्रवृत्ति अन्त्य गर्ने समाजमा चेतना जागृत गराउने कार्यक्रम लैजानुपर्छ ।”

समितिमा मनोसामाजिक अपाङ्गताको दृष्टिकोणबाट विद्यमान कानुनमा रहेका विभेद्कारी व्यवस्था हटाउने सम्बन्धमा समिति, सरकार र सरोकारवाला पक्षबीच छलफल भएको थियो । समिति सभापति प्रकाश पन्थले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई जोड्ने कार्यजिम्मेवारी भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले समाजका हरेक क्षेत्रका आवाजलाई कानुनी पाटोबाट समयमै होसियारीपूर्वक सम्बोधन गर्ने विषयमा सजग र सचेत रहन आवश्यक रहन सुझाव दिए ।

समिति सदस्य वामदेव गौतमले समितिमा हुने गहन छलफलका निर्णय कार्यान्वयनका लागि समयमै सरकारलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिए । सदस्य कमलादेवी पन्तले सम्मानपूर्वक बाँच्ने पाउने संविधानले दिएको नागरिक हकलाई सुरक्षित गर्दै समाजका ८० प्रतिशत नागरिक कुनै न कुनैरुपमा मनोसामाजिक समस्याबाट पीडित रहेकाले राज्यलाई त्यसतर्फ आवश्यक ध्यान पु¥याउन सुझाव दिए ।

समिति सदस्य शारदादेवी भट्ट र भुवन सुनारले दुरदराजमा अझै पनि कतिपय अपाङ्ताका भएका व्यक्तिले परिचयपत्र बनाउन नपाएका तथा मनोपरामर्श सेवा प्राप्त गर्न नसक्दा आत्माहत्यका घटना बढेको हुँदा हरेक विद्यालय र कलेजमा मनोपरामर्श सेवा उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको बताए ।

सदस्य मृगेन्द्रकुमार सिंहले कानुनमा अझै विभेद्कारी शब्द र शब्दावली देखिने गरेकाले त्यसलाई समयमै सशोधन गर्न सुझाव दिए । सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले संविधानमा उल्लेख भएका मौलिक हकसँग जोडिएका कतिपय विषय कानुन बनाउन ढिलाइका कारण कार्यान्वयन गर्न नसकिएकाले त्यस विषयमा सरकारको अग्रसरता आवश्यक रहेको उल्लेख गरे ।

Artha Sanjal
मिती : १ जेष्ठ २०८०, सोमबार २१:१८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.